काठमाडौं — चारा घोटाला मुद्दामा दोषी ठहर भएका बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवलाई झारखण्ड उच्च अदालतले झड्का दिएको छ ।
अहिले जमानतमा जेलबाहिर रहेका लालुले स्वास्थ्य आधारमा जमानत बढाउने निवेदन दिएको भएपनि अदालतले त्यसलाई खारेज गरिदिएको छ ।
अदालतले बिहीवार आत्मसमर्पण गर्न भनेको छ । उपचारका क्रममा लालु जेलबाहिर छन् ।
चारा घोटालाका अनेक मुद्दामा दोषी पाइएका लालु राँची जेलमा सजाय काटिरहँदा स्वास्थ्य खराब भएको थियो । अहिले उनको उपचार मुम्बईस्थित एसियन हार्ट इन्स्टिच्युटमा भइरहेको छ ।
लालुका वकिल प्रभात कुमारले अदालतका तर्फबाट निवदन खारेज भएपछि अब उनी मुम्बईबाट राँची फर्केर राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल सायन्सेजमा भर्ना हुने बताए ।
एजेन्सी