०५ साउन २०८३, मंगलबार

निर्मला हत्या प्रकरणमा उच्च स्तरीय छानबिन टोलीद्वारा छानविन शुरू

भदौ ८, २०७५
निर्मला हत्या प्रकरणमा उच्च स्तरीय छानबिन टोलीद्वारा छानविन शुरू

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण छानबिनको लागि गठित उच्च स्तरीय छानबिन टोलीले शुक्रवारदेखि काम शुरू गरेको छ ।

गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित ५ सदस्यीय उच्च स्तरीय छानबिन टोलीले काम शुरू गरेको हो । टोलीको सदस्यमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक बसन्त बानियाँ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र ७ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव विरेन्द्र केसी रहेका छन् ।

समितिका संयोजक मैनालीले सरकाले दिएको काम, कर्तव्य र अधिकार (टीओआर) को आधारमा काम गर्ने बताए । उनले विभिन्न दृष्टिकोणबाट के कति कारण घटनाको अनुसन्धानमा कमी भएको छ, के कारणले यहाँ घटनापछि शान्ति सुरक्षामा समस्या आयो ? सबै पक्षसँग  छलफल गरेर अनुसन्धानलाई अगाडि बढाउने बताए । छानबिन नहुन्जेलसम्म यही बसेर काम गर्ने बताउँदै उनले सत्यतथ्य कुरा बाहिर ल्याएरै छोड्ने पनि दाबी गरे ।

भर्खरै पद बहाल भएका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले समितिसँगै छानबिनको काम गर्ने बताए । नागरिक समाज, आन्दोलनकारी, पीडित सबै पक्षसँग मिलेर छानबिनलाई तार्किक निष्कर्षमा पुर्याएरै छोड्ने समेत प्रजिअ अधिकारीको भनाई थियो ।

समितिलाई बालिका पन्तको बलात्कार तथा हत्या घटनाको विस्तृत अध्ययन तथा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन म्यान्डेड दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्