०८ असार २०८३, सोमबार

प्रहरीको गोली लागेर कञ्चनपुरमा एक जनाको मृत्यु, आन्दोलनकारीले गरे शवसहित प्रदर्शन

प्रहरीको गोली लागेर कञ्चनपुरमा एक जनाको मृत्यु, आन्दोलनकारीले गरे शवसहित प्रदर्शन

महेन्द्रनगर – बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरमा भइरहेको आन्दोलनमा शुक्रवार प्रहरीको गोली प्रहारबाट १ जनाको मृत्यु भएको छ । आन्दोलनकारीले शवसहित अहिले प्रदर्शन गरिरहेका छन् ।

प्रहरीको गोली प्रहारबाट ३ जना गम्भीर घाइते भएका छन् । आन्दोलन शुक्रवार साँझबाट फेरि शुरू भएर तनाव सिर्जना भएको छ । प्रदर्शनकारी आक्रोशित भएका छन् । प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालयतिर आउन खोजेपछि प्रहरीले बल प्रयोग गर्दा फेरि झडप शुरू भएको हो ।

दिउँसो ३ बजेतिरबाट प्रदर्शनकारीले आन्दोलन शुरू गरेका र अहिले भीड बढ्दै गइरहेको छ । सरकारले उच्च स्तरीय छानबिन टोली गठन गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख परिवर्तन गरेपछि शुक्रवार बिहान साम्य भएको आन्दोलन दिउँसोबाट शुरू भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्