काठमाडौं, ९ फागुन — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासनसम्बन्धी नयाँ कार्यकारी आदेश जारी गर्ने भएका छन् । यस अनुसार, सात मुसलमान देशका मानिसलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएको छ । त्यही पहिलेकै सात देशमाथिको प्रतिबन्ध जारी छ ।

उनीहरूले भिसा प्रयोग नगरेको भएपनि पहिले नै अमेरिका आउने भिसा पाइसकेका यात्रुलाई प्रतिबन्ध लाग्दैन ।
ट्रम्पले माघ १४ गते आप्रवासन प्रतिबन्ध लगाएका थिए र शुरुमा सातवटा देशलाई मात्र लक्षित गरेका थिए ।
ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीका अनुसार, फेडेरल अदालतको आपत्तिका कारण आप्रवासन तथा शरणार्थीमाथि प्रतिबन्धको पहिलो आदेशमा सुधार गरिएको छ ।
‘तर अहिले सुधारिएको आदेशमा सात मुसलमानबहुल देश इराक, इरान, सिरिया, सोमालिया, सुडान, लिबिया र यमनका मानिसलाई अमेरिका प्रवेशमा प्रतिबन्ध कायम राखिनेछ,’ उनले भने ।
ती अधिकारीका अनुसार, ग्रीनकार्ड लिएका अनि अमेरिका र अन्य देशमा दोहोरो नागरिकता भएकाहरूलाई प्रतिबन्धले असर पार्ने छैन ।
यही हप्ता सुधारिएको आदेश पनि लागू हुनेछ ।
ह्वाइट हाउसकी प्रवक्ता सारा हकाबी स्यान्डर्सले नयाँ आदेशको ड्राफ्ट तयार भएको र यसको फाइनल भर्जन छिट्टै सार्वजनिक हुने बताइन् ।
ट्रम्प प्रशासनले आदेशमा संलग्न देशहरूलाई ६० दिनको समयावधि दिएर आफ्ना देशका नागरिकलाई प्रतिबन्धका बारेमा सूचना दिन लगाएको छ ।
यो आदेशविरुद्ध अमेरिकासमेत संसारभरि प्रदर्शन भएको थियो ।
दैनिक भास्कर