३१ असार २०८३, बुधबार
निर्मला पन्त हत्या प्रकरण

प्रहरीको गोलीले मुर्छित बनेको कञ्चनपुर (फोटोफिचर)

प्रहरीको गोलीले मुर्छित बनेको कञ्चनपुर (फोटोफिचर)

महेन्द्रनगर– १३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई सार्वजनिक गरी कारबाहीको माग गर्दै स्थानीयले शुरु गरेको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर कञ्चनपुरमा १ जनाको मृत्यु भएको छ । 

वास्तविक बलात्कारीलाई बचाउन मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई अभियुक्तको रुपमा सार्वजनिक गरेको भन्दै मंगलवारदेखि शुरु भएको आन्दोलनले बिहीवार उग्र रुप लिएको थियो । 

बिहीवार प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा १० जनाभन्दा बढी घाइते भएका थिए । 

गृह मन्त्रालयले घटनाको छानबिन गर्न भन्दै सह–सचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । समिति कञ्चनपुर पुगेर छानबिन शुरु गरिसकेको भनिएको अवस्थामा शुक्रवार पनि आन्दोलन जारी रह्यो । 

प्रहरीले शुक्रवार पनि आन्दोलनकारीमाथि गोली चलाउँदा एक बालकको ज्यान गएको छ । प्रहरीको गोलीले बालकको ज्यान गएपछि कञ्चनपुर झन तनावग्रस्त भएको छ । 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शान्तिसुरक्षा कायम राख्न भन्दै शुक्रवार साँझ ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ । 

एम्बुलेन्समा तोडफोड, १० भन्दा बढी घाइते   

शुक्रवार साँझ आन्दोलनमा घाइते भएकाहरुलाई बोकेर उपचारका लागि अस्पताल लैजाँदै गरेको अवस्थामा एक एम्बुलेन्समाथि तोडफोड भएको छ । प्रहरीको घेर तोडेर अगाडि बढेपछि सुरक्षाकर्मीले एम्बुलेन्समाथि लाठी बर्साएको स्थानीयले आरोप लगाएका छन् । यद्यपि प्रहरीले उक्त आरोप अस्वीकार गरेको छ । 

शुक्रवार प्रहरीको गोली लागेर १० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । घाइते भएकामध्ये ३ जनाको अवस्था गम्भीर छ । गम्भीर ३ जनालाई महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि धनगढीस्थित सेती अञ्चल अस्पतालमा रेफर गरिएको छ । 

मुख्यमन्त्रीको निवास अगाडि नाराबाजी

कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गरेकामाथि प्रहरीले गोली चलाएको विरोधमा ७ नम्बर प्रदेशका मुख्यमन्त्रीको समेत विरोध भएको छ । 

७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढीस्थित मुख्यमन्त्रीको निवास अगाडि स्थानीयहरुले नाराबाजी शुरु गरेका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्