२४ जेठ २०८३, आइतबार

जेलमै परिवारजनलाई भेट्न नवाजलाई अनुमति

भदौ ८, २०७५
जेलमै परिवारजनलाई भेट्न नवाजलाई अनुमति

पाकिस्तान- पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज सरिफलाई जेल भित्रै परिवारजनलाई भेट्न विषेश अनुमति दिइएको छ । 
रावलपिण्डीमा रहेको अदैला जेलमा शुक्रबार उहाँलाई भेट्न परिवारजनलाई अनुमति दिइएको अधिकारीहरुले जनाएका छन् । 
एउटै जेलमा रहेकी उहाँकी छोरी मार्याम नवाजलाई पनि जेलमै गएर परिवारजनले भेट्न पाउने व्यवस्था भएको समाचारमा जनाइएको छ । 
यसअघि गत बुधबार पुर्वप्रधानमन्त्री सरिफका भाइ तथा पाकिस्तान मुस्लिम लिग (नवाज) का अध्यक्ष शेहबाज शरीफ र उहाँको परिवारका सदस्यहरूले बाबु छोरीलाई नै अदैला जेलमा भेट्नुभएको श्रोतले जनाएको छ । 
गत जुलाई ६ मा नवाज र मार्यामलाई अदालतको आदेशमा जेल चलान गरिएको छ । पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बन्नुभएका शरीफलाई १० बर्ष जेल सजाय तोकिएको छ भने ८० लाख पाउण्ड स्ट्रर्लिङ जरिवाना तिर्न आदेश दिइएको थियो । 
त्यसैगरी उहाँकी छोरी मार्यामलाई आठ बर्ष जेल सजाय र २० लाख पाउन्ड स्ट्रर्लिङ जरिवाना तोकिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्