बलिउड अभिनेत्री प्रियंका चोपडाको चर्चा यतिखेर भारतीय फिल्म उद्योगमा मात्र होइन फिल्म फ्यानहरुमा पनि छ । हलिउड अभिनेता तथा गायक निक जोनससँग इन्गेजमेन्ट गरेकी प्रियंकाको विवाहको टुंगो भने लागि सकेको छैन । यद्दपी उनीहरले यही वर्षमा विवाह गर्ने जनाइएको छ ।
प्रियंकाको विवाह धेरै कुराले गर्दा चर्चामा छ । निक प्रियंका भन्दा पनि १० वर्ष कान्छा छन् । उनी पहिलो अभिनेत्री भने होइन जसले आफूभन्दा कम उमेरका केटासँग विवाह बन्धनमा बाँधिन लागेकी । कस कसले गरेत आफूभन्दा कम उमेरका केटासँग विवाह
विपाशा बसु
बलिउड अभिनेत्री तथा मोडल विपाशा बसुले ३० अप्रिल २०१६ मा अभिनेता करणसिंह ग्रोबरसँग विवाह गरिन् । दुईको भेट सन् २०१५ मा फिल्म ‘अलोन’का क्रममा भएको थियो । यी दुईले डेट गर्न सुरु गरे र विवाह पनि गरे । करणसिंह ग्रोबर विपाशाभन्दा तीन वर्षले कान्छा छन् ।
ऐश्वर्य राय बच्चन
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको अफेयर सलमान खान र विवेक ओबेरायसँग चल्यो । तर, यी दुवैजनालाई छाडेर ऐश्वर्याले सन् २००७ मा अभिनेता अभिषेक बच्चनसँग विवाह गरिन् । ऐश्वर्य अभिषेकभन्दा तीन वर्षले जेठी छिन् । अहिले ऐश र अभिषेककी एक छोरी छिन्, जसको नाम आराध्या हो ।
शिल्पा शेट्टी
अभिनेत्री शिल्पा शेट्टी बलिउड सुपरस्टार अक्षयकुमारसँग लामो समयसम्म प्रेमसम्बन्धमा रहिन् । तर, दुईजनाको सम्बन्ध विवाहमा परिणत हुन सकेन । शिल्पाले व्यापारी राज कुन्द्रासँग सन् २००९ मा बिहे गरिन् । शिल्पा राजभन्दा करिब तीन वर्षले जेठी हुन् ।
किन गर्छन् कम उमेरका केटासँग विवाह
नेपाली र भारतीय समाजमा युवक र युवती विचको विवाहका लागि युवक बढी उमेरको र युवती कम उमेरको रोज्ने वा खोज्ने गरिन्छ ।
घर परिवार देखि स्वयं युवक युवतीले पनि विवाहका लागि आफ्नो पार्टनरको उमेरलाई विशेष ध्यान दिने गरेका छन् । तर भारतीय अभिनेत्री प्रियंका चोपडाले भने आफूभन्दा १० वर्ष कान्छा युवक रोजेकी छिन् । जो सँग अहिले उनी विवाहको तयारीमा छिन् ।
उनै युवकका लागि उनले भारतीय फिल्म उद्योगमा फर्कने सुवर्ण अवसरलाई पनि पन्छाएकी छिन् । उनले सलमान खानलको विग बजेटको फिल्म भारतमा खेल्न अस्विकार गरेकी छिन् । निकलाई समय दिन पर्ने भन्दै उनले फिल्म खेल्न अस्विकार गरेकी भारतीय सञ्चारमाध्यमहरुले जानएका छन् ।
दुबैले जुलाईको अन्तिममा या अगस्टमा विवाह गर्न सक्ने समाचारहरु सार्वजनिक भएका छन् । प्रियंकाले एक हप्ता अघिमात्र निक सँग इन्गेजमेन्ट गरेकी थिइन् ।
साना उमेरका युवकसँग विवाह गर्दा युवतीलाई आफ्नो उमेरको ध्यान हुँदैन । आफ्नो उमेर कम भएपछि उनीहरु सक्रिय र स्पोर्टी हुने गर्छन् । उनीहरुलाई हरेक दिन नयाँ केही न केही गर्न मन पर्छ । कम उमेरका युवकसँग बस्दा किशोरीहरु आफूलाई जवान र चुस्त महसुस गर्छ ।
यदी कुनै युवतीले आफूभन्दा कम उमेरको युवकसँग विवाह गर्छिन् भने उनको जिन्दगी सधै रोमान्टिक बन्ने अध्ययनहरुले दखाएका छन् । पार्टनरले पनि राम्रो हर्कतका कारण युवतीलाई प्रभावमा पार्न खोजिरहन्छ ।
जो युवतीले कम उमेर युवकलाई जीवनसाथी बनाउँछिन् उनले आफ्नो पार्टनरको भन्दा धेरै चीजको अनुभव गरेकी हुन्छिन् । यति मात्र होइन करियरमा पनि आफ्नो पार्टनर भन्दा अगाडि रहन्छिन् ।
जसका कारण उनले अनुभवहरुलाई युवकसँग बाँड्न सक्छिन् । कम उमेरका युवकसँग शारीरिक सम्बन्ध बनाउनाले कुनै नोक्सान हुँदैन । एक अनुसन्धानका अनुसार आफूभन्दा धेरै उमेरकी महिलालाई देखेर युवकहरुमा टेस्टेस्टेरोनको मात्रा बढ्छ जसका कारण उसको मन बढी उमेरकी महिलातर्फ धेरै आकर्षित हुन्छ ।