
काठमाडौं– नेपाली कांग्रेसले पार्टीको महासमिति बैठकको मिति तय गरेको छ । आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यासमिति बैठकले आगामी मंसिर ५ देखि ९ गतेसम्म महासमिति बैठक गर्ने तय गरेकाे हो ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले देशव्यापी रुपमा छलफल गरेर पार्टीको पुनर्संरचना गर्नुपर्ने भएकाले मंसिर ५ देखि ४ दिनसम्म महाससमति बैठक गर्ने निर्णय सर्वसम्मत रुपमा गरिएको जानकारी दिए ।
बैठकले महासमिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन बनाउन उपसभापति विमलेन्द्र निधि नेतृत्वको समिति गठन गरेको भने सांगठनिक प्रतिवेदन निर्माण गर्न महामन्त्री डा. शशांक कोइराला नेतृत्वको समिति गठन गरेको छ ।
यस्तै आर्थिक प्रतिवेदन पार्टीका कोषाध्यक्ष सीतादेवी यादवले महासमिति बैठकमा पेश गर्ने निर्णय भएको पनि शर्माले जानकारी गराए ।