१२ असार २०८३, शुक्रबार

नेपाली धावकले म्याराथन पूरा गर्न सकेनन्

नेपाली धावकले म्याराथन पूरा गर्न सकेनन्

काठमाडौँ- इण्डोनेसियामा जारी १८ औँ एशियाली खेलकूद अन्तर्गत आज भएको एथ्लेटिक्सको म्याराथनमा नेपालका दुई धावकले दौड पूरा गर्न असफल भएका छन् । 
म्याराथनमा भाग लिएका नेपालका कृष्णबहादुर बस्नेत र गोपिचन्द्र पार्कीले दौड पूरा गर्न नसकेका हुन् । तेह्र देशका २१ धावक सहभागी म्याराथनमा नेपालका दुईसहित अन्य छ मुलुकका खेलाडीले दौड पूरा गर्न नसकेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । 
जाकर्ताको बुङकार्नोको रङ्गशालामा भएको प्रतिस्पर्धामा कृष्णले दुई किलोमिटर दुरी बाँकी हुँदा दौड त्यागेका थिए । ४० किलोमिटर दुई घण्टा १३ मिनेट २३ सेकेण्डमा पूरा गर्दा उनी १२ औँ स्थानमा थिए । 
यता गोपिचन्द्रले ३० किलोमिटरपछि दौड त्यागेका थिए । उनी त्यति बेलासम्म १९ औँ स्थानमा थिए । 

salt training

कमेन्ट गर्नुहोस्