०१ साउन २०८३, शुक्रबार

पाँच दिनलामो उपचारपछि लालु यादव  अस्पतालबाट फिर्ता

भदौ ९, २०७५
पाँच दिनलामो उपचारपछि लालु यादव  अस्पतालबाट फिर्ता

मुम्बई-राष्ट्रिय जनता दल (आरजेडी) नेता लालु यादवलाई मुम्बईस्थित एशियन हार्ट इन्टिच्युटमा करिब पाँच दिनलामो उपचारपछि अस्पतालबाट घर फिर्ता हुनुभएको छ । 

छाती दुख्ने समस्या आएपछि जेलबाट अस्पताल लगिएका पूर्व मुख्यमन्त्री यादवलाई हेमोग्लोविनको सङ्ख्या आवश्यकताभन्दा कम भएको पाइएपछि भर्ना गरी उपचार गरिएको थियो । सत्तरी बर्षीय यादवलाई तीन महिना यता दोस्रो पटक अस्पताल भर्ना गरिएको थियो । उनलाई पहिलोपटक गत जुुन १९ गते छातीमा पीडा भएपछि उपचारका लागि अस्पताल लगिएको थियो । 

बिहारमा सन् २००४ देखि २००९सम्म यादव नेतृत्वमा रहेको समयमा आफ्नो पक्षको एक नीजि होटेल कम्पनीको अनुकुलमा निर्णय गरेको आरोपमा उनीविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दर्ता गरिएको थियो । उनले पदमा रहँदा पदीय दायित्व विरुद्ध हुनेगरी आर्थिक अपचलन गरेको अभियोगमा विगत केही समयदेखि जेल जीवन विताउँदै अाएका छन् । 

उनलाई उपचारका लागि गत मे महिनामा छ हप्ताका लागि जमानत दिइएको थियो । जसलाई पछि अगस्ट ३० सम्मका लागि थप गरिएको थियो । आरजेडी अध्यक्ष यादवविरुद्ध ‘द इन्सफोर्समेन्ट डाइरेक्टरेट’ ले रेलमार्ग ठेक्का प्रकरणमा दोषी रहेको दावी गर्दै शुक्रबार आरोप–पत्र दर्ता गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्