०५ असार २०८३, शुक्रबार

पोखरामा पनि किशोरीको शव

भदौ १०, २०७५
पोखरामा पनि किशोरीको शव

कास्की– विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता एक किशोरीको रहस्यमय मृत्यु भएको छ । पोखरा–१९, लामाचौरकी १३ वर्षीया पुष्पा केसीको शव शुक्रबार घरभन्दा साढे दुई किलोमिटर पर भेटिएको हो ।

विन्ध्यवासिनी मावि बाटुलेचौरमा कक्षा ६ मा अध्ययनरत उनी बिहीबारदेखि हराइरहेकी थिइन् । पारिवारिक स्रोतका अनुसार विद्यालयको बसले साढे ४ बजे घरभन्दा सय मिटर वर छोडेको थियो । बहिनीसँगै स्कुल बस चढेर फर्किंदै गरेकी उनी तरकारी किन्न भन्दै केही वरै झरेकी थिइन् ।

तर अबेरसम्म घर पुगिनन् । घर नआएपछि बुबा नृपेन्द्र खत्री र आमा गोमा केसीले यताउता खोज्न थाले । छोरी साथीको घरमा गएको आशंकामा त्यो दिन प्रहरीलाई खबर गरेनन् । शुक्रबार विद्यालय जाने बेलासम्म पनि नआएपछि उनीहरूले विद्यालयमा खबर गरे ।

प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षको पहलमा परिवारले वडा प्रहरी कार्यालय बगरमा निवेदन दिए । किशोरी हराएको होहल्ला भएपछि स्थानीयले खोजतलास गर्न थाले । बेलुका ६ बजे उनको शव शैलजा स्मृति पार्कमुनि फापरतहरोको झाडीमा भेटिएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्