०९ असार २०८३, मंगलबार

विप्लवदेखि सिके राउतसम्मलाई वार्तामा बोलाउँदै सरकार

भदौ १०, २०७५
विप्लवदेखि सिके राउतसम्मलाई वार्तामा बोलाउँदै सरकार

काठमाडौं– सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र तराईका सशस्त्र समूहसँग वार्ता गर्ने तयारी गरेको छ । 
वार्ताका लागि सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा सरकारले पाँच सदस्सीय उच्चस्तरीय टोली गठन गरेको हो । टोलीले विप्लव नेतृत्वको नेकपा, स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत, पूर्वमा गतिविधि गरिरहेको कुमार लिंदेन नेतृत्वको समूहसहित सरकारसँग संवादमा नआएका तराईका भूमिगत सशस्त्र समूहसँग वार्ता गर्ने म्यान्डेट पाएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्