१० असार २०८३, बुधबार

मेडिकल कलेजमा भाडाका बिरामी

भदौ १०, २०७५
मेडिकल कलेजमा भाडाका बिरामी

पाल्पा।लुम्बिनी मेडिकल कलेज पाल्पाले वार्षिक मूल्यांकनमा आएको टोलीलाई झुक्याउन यस वर्ष पनि भाडाका बिरामी प्रयोग गरेको भेटिएको छ ।
 विगत वर्षमा जस्तै अनुगमनको समयमा भाडाका बिरामीले अस्पताल भरेर प्रभावित पार्ने कार्य दोहो¥याएको भेटिएको हो । काठमाडाै‌ विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिलको चार सदस्यीय अनुगमन टोलीले दुई दिनसम्म कलेजको अनुगमन गरेको थियो ।
काठमाडौंबाट आएको टोलीले ६ र ७ भदौमा गरेको अनुगमनका क्रममा कलेजले बिरामीको संख्या बढी देखाउन गाउँगाउँबाट भाडाका बिरामी ल्याएको भेटिएको स्रोतको दाबी छ ।
टोलीको प्रतिवेदनका आधारमा कलेजले पढाउन पाउने एमबीबीएस र एमडीको विद्यार्थी संख्या र विशेषज्ञ सेवा सञ्चालन कटौतीसमेत हुन सक्ने भएकाले कलेजले यस्तो गरेको हो । बिरामी संख्या र चाप, भौतिक पूर्वाधार, उपलब्ध जनशक्ति र गुणस्तरलगायतका विषय अनुगमनमा हेर्ने गर्छ । अाजकाे राजधानी दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्