३२ असार २०८३, बिहीबार

विश्‍वकै सबैभन्दा बढी पैसा कमाउने अभिनेत्रीहरु

कात्तिक २०, २०७४
विश्‍वकै सबैभन्दा बढी पैसा कमाउने अभिनेत्रीहरु
तपाईले अहिलेसम्‍म सबैभन्दा धेरै पैसा कमाउने अभिनेताको बारेमा थाहा पाइसक्‍नु भएको छ होला। तर विश्‍वमा सबैभन्दा बढी पैसा कमाउने अभिनेत्रीहरुको बारेमा सुन्‍नु भएको छ ? फोब्‍स म्यागेजिनकाले भर्खरै सबैभन्दा बढी कमाउने विश्‍वका १० अभिनेत्रीहरुको नाम सार्वजनिक गरेको छ। ती को हो हुन ?

१०.दीपिका पादुकोण
बलिउडदेखि हलिउडसम्‍मको यात्रा तय गरेकी बलिउड अभिनेत्री हुन दीपिका पादुकोण।उनले नामसँगसँगै दाम पनि मनग्यै कमाएकी छ्न्।

हालसम्‍म उनको सम्पत्ति एक करोड डलर रहेको फोर्ब्‍स उल्लेख गरेको छ। उनी सबैभन्दा बढी कमाउने नायिकाको १० औ सूचीमा रहेकी छिन्।

९.मिला कुनिस
ठुल्ठूला विज्ञापन तथा फिल्ममा काम गर्ने मिला कुनिसको कमाइको क्षेत्रमा अगाडि छिन्। उनको वार्षिक कमाइ १.१ करोड अमेरिकी डलर रहेको छ।



८.जुलिया रोबर्टस्
धेरै चर्चित हलिउड फिल्‍ममा काम गरिसकेकी अभिनेत्री जुलिया रोबर्टस्‌ले फिल्‍मी उद्योगसँग महँगो फिस लिने गरेकी छिन्। यही कारण उनको वार्षिक कमाइ १.२ करोड डलर रहेको छ।


७. एमी एडम्स
आफ्‍नो दमदार अभिनयले पाँच पटक ओस्कार अवार्डको नोमिनेसनमा परिसकेकी अभिनेत्री हुन् एमी एडम्स। उनले प्रत्‍येक वर्ष १.३५ करोड डलर कमाउने गरेकी छिन्।


६.चार्लीज थेरोन
चार्लीज थेरोन पनि आफ्‍नो अभिनयका कारण चर्चामा आउने नायिका हुन्। उनले खेलेकी द हन्टस्‌म्यान: विन्टर्स वार फिल्ममा सहायक रोलको लागि पनि एक करोड डलर लिएकी थिइन्। उनको वार्षिक कमाइ १.६५ करोड डलर रहेको छ।


५.फान बिङगबिङग
फान बिङगबिङग विश्‍वको धेरै कमाउने फोब्‍सको टप १० सूचीमा पर्ने चीनबाट एक्ली अभिनेत्री हुन्। उनको वार्षिक कमाइ १.७ करोड डलर हुने गरेको छ।

४.जेनिफर एनिस्टन
जेनिफर एनिस्टन एनिस्टन ४७ वर्ष पुगिसकेकी छिन्। तर पनि उनको क्रेज अहिले पनि हलिउड बजारमा घटेको छैन। यही कारणले उनले वार्षिक २.१ करोड अमेरिकी डलर कमाइ गरिहरेकी छिन्।


३.स्कारलेट जोनसन
सबैभन्दा धेरै कमाउने अभिनेत्रीको सूचीमा स्कारलेट जोनसन तेस्रो नम्बरमा परेकी छिन्। फोर्ब्‍सको एक रिपोर्ट अनुसार उनले 'घोस्ट इन द शेल' फिल्मको लागि 1. ७५ करवड डलर पारिश्रमिक लिएकी थिइन्।


२. मेलिया मैकार्थी
घोस्टबस्टर्सको मूख्‍य नायिकाको भूमिकामा अभिनय गरेकी मेलिया मैकार्थी एक प्रसिद्ध डिजाइनर पनि हुन्। उनले गरेको डिजाइन धेरै बलिउड फिल्ममा महँगोमा बिक्री भएको छ। यही कारण उनको वार्षिक कमाइ ३.३ करोड डलर रहेको छ।


१.जेनिफर लोरेन्स
२६ वर्षीया सुन्दरी नायिका जेनिफर लोरेन्स हलिउडमा धेरै नाम कमाएकी नायिकामा पर्छिन्। उनले 'द हंगर गेम्स' नामक फिल्ममा ६५. ३४ करोड डलर कमाएकी थिइन्। उनले वार्षिक ४.६ डलर कमाइ गर्दै आएकी छिन्।

salt training

कमेन्ट गर्नुहोस्