१८ असार २०८३, बिहीबार

ट्रम्पको बकम्फुसे परराष्ट्रनीति, अनर्गल आलोचनाको शृंखला

ट्रम्पको बकम्फुसे परराष्ट्रनीति, अनर्गल आलोचनाको शृंखला

काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अनौठो परराष्ट्रनीति अपनाएर मानिसलाई अचम्ममा पार्ने गरेका छन् । उत्तर कोरिया, दक्षिण अफ्रिका, चीन र पाकिस्तानले ट्रम्पका नीतिहरूको प्रभाव झेलिरहेका छन् । 

संसारका अनेकौं देशसँग सम्बन्धको नयाँ समीकरण बनाएकोमा ट्रम्प प्रायः समाचारमा छाइरहेका हुन्छन् । 

अन्य मुलुकसँगको सम्बन्धलाई ट्रम्पले घरेलु परिस्थितिलाई ध्यानमा राखेर निश्चित गर्ने गर्छन् । बिहीवार उनले दक्षिण अफ्रिकामा गोरा मानिसको नरसंहार भइरहेको फेक न्युज दिएपछि उनको खुबै आलोचना भएको थियो । 

शुक्रवार चाहिँ उनले आफ्ना परराष्ट्रमन्त्री माइक पम्पिओको उत्तर कोरिया भ्रमण रद्द भएको घोषणा गरे । यो भ्रमण रद्द गर्नुमा उत्तर कोरियाले आणविक निःशस्त्रीकरणको दिशामा पर्याप्त प्रगति नगरेको उनले कारण दिए अनि चीनलाई
पनि यस विषयमा आलोचना गरे । 

मेक्सिकोलाई लगातार आलोचना गरिरहने ट्रम्पले शनिवार भने त्यो देशसँग राम्रो सम्बन्ध बनेको घोषणा गरे । वामपन्थी नेता आन्द्रेस मानुएल लोपेज ओब्रादोरको शानदार विजयपछि ट्रम्पले अहिले घोषणा गरे, ‘मेक्सिकोसँग हाम्रो सम्बन्ध लगातार प्रगाढ भइरहेको छ र उससँग ठूलो व्यापार सम्झौता हुनसक्छ ।’

ट्रम्पका नीतिहरूलाई हेर्दा एउटा कुरा चाहिँ स्पष्ट हुन्छ । उनी वैश्विक मुद्दाहरूमा निश्चित मापदण्डको आधारमा निर्णय लिइरहेका छैनन् । 

आफ्नी पत्नी मेलानिया दक्षिण अफ्रिकाको भ्रमणमा जान लागेको बेलामा उनले त्यस देशको बारेमा भ्रामक समाचारलाई उद्धृत गरे । अनि उनले अलि अगाडि केही अफ्रिकी मुलुकहरूलाई शिटहोल वा दिसाको खाल्डो समेत भनेका थिए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्