०८ साउन २०८३, शुक्रबार

अमेरिकी लागूऔषध तस्करले बनाए लामो सुरुङ, अमेरिकाबाट पुग्छ मेक्सिको

अमेरिकी लागूऔषध तस्करले बनाए लामो सुरुङ, अमेरिकाबाट पुग्छ मेक्सिको

काठमाडौं — अमेरिकी अधिकारीहरूले एरिजोना प्रान्तमा सीमाक्षेत्रनजिक एउटा गोप्य सुरुङ पत्ता लगाएका छन् । 

६ सय फीट लामो सुरुङ एक रेस्टुराँको बेसमेन्टबाट शुरू भएर मेक्सिकोमा टुंगिएको छ । यसैमार्फत सीमापारि लागूऔषध तस्करी हुने गरेको थियो । 

प्रहरीले रेस्टुराँ र भवनमालिक इभान लोपेजलाई पक्राउ गरेपछि सुरुङको बारेमा पत्ता लागेको थियो । लोपेजबाट एक अर्ब रुपैयाँ भन्दा बढी मूल्य पर्ने लागूऔषध भेटिएको थियो । 

रेस्टुराँको तलाशी लिँदा २२ फीटमुनि पाँच फीट अग्लो र तीन फीट चौडा सुरुङ भेटिएको हो । 

दुई वर्षअघि क्यालिफोर्नियाको सान डिएगोमा पनि २६ सय फीट लामो सुरुङ भेटिएको थियो । त्यसलाई अमेरिकाकै सबभन्दा लामो सुरुङ मानिएको थियो । त्यसबाट पनि लागूऔषधको धन्धा चलिरहेको थियो । 

यसै वर्षको जुलाई महिनामा अमेरिकी सीमा गस्ती टोलीले १५ किलो हेरोइन, ३२७ किलो मेथामफेटामाइन र १९ सय किलो गाँजा बरामद गरेको थियो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्