काठमाडौं, ९ फागुन — तपाईंलाई युट्युबमा भिडियो शुरु हुनुअघि स्किप गर्न नमिल्ने ३० सेकेन्डको विज्ञापन हेर्न झर्को लाग्छ ?

त्यसोभए तपाईंको लागि खुशीको खबर छ ।
दर्शकहरूलाई विज्ञापनको समस्या नआओस् भनी गूगलले ३० सेकेन्डयुक्त स्किप गर्न नमिल्ने भिडियो हटाउने
भएको छ । तर सन् २०१८ मा मात्र यो पूर्ण कार्यान्वयन हुनेछ ।
गूगलका प्रवक्ताले भने, ‘हामी अनलाइन युजरहरूका लागि विज्ञापनसम्बन्धी थप राम्रो अनुभवका लागि प्रतिबद्ध छौं । त्यसका लागि हामी ३० सेकेन्डको स्किप गर्न नमिल्ने विज्ञापन हटाउँदैछौं र त्यसको साटो प्रयोगकर्ता र विज्ञापनकर्ताका लागि राम्रो हुने फर्म्याटमा काम गर्नेछौं ।’
तर गूगलले सबै नन स्किपेबल विज्ञापन हटाउने योजना बनाएको छैन । अहिलेका लागि ३० सेकेन्डको विज्ञापन मात्र हटाइनेछ ।
तर प्रयोगकर्ताहरूले १५ सेकेन्ड र २० सेकेन्ड लामो विज्ञापन वा ६ सेकेन्ड लामो बम्पर विज्ञापन चाहिँ हेर्नैपर्ने हुन्छ ।
एजेन्सीको सहयोगमा