लोकान्तर संवाददाता
काठमाडौं, ९ फागुन –सरकारी निकायले विनियोजित बजेट खर्च गर्न नसकेको गुनासो आइरहँदा विभिन्न मन्त्रालयबाट ठूलो परिमाणमा थप बजेट माग भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका अनुसार चालू आवको मध्यावधिसम्ममा विभिन्न मन्त्रालयबाट झण्डै पौने ३ खर्ब रुपैयाँको थप बजेट माग भएको छ । मन्त्रालयका अनुसार चालू आवको पुुससम्ममा विभिन्न मन्त्रालयबाट २ खर्ब ७६ अर्ब ९० करोड ८९ लाख रुपैयाँको थप बजेट माग भएको छ ।
ती मन्त्रालयले विभिन्न कार्यक्रम बनाई थप बजेट माग गरेका हुन् ।
अर्थ मन्त्री कृष्णबहादुर महराले भने थप बजेटको माग सम्बोधन गर्न नसकिने बताए ।
आगामी चैतसम्म पनि काम सुरु नगर्ने आयोजनाको बजेट रकमान्तर गरेर अन्य आयोजनालाई दिईने मन्त्रालयको योजना छ ।
कानूनको परिधि र वित्तीय अनुशासनभित्रै रहेर रकमान्तर गरिने मन्त्रालयको भनाइ छ ।