०८ असार २०८३, सोमबार

यी चर्चित सेलिब्रेटी जसलाई सामाजिक सञ्जालले जिउँदैमा मार्‍यो !

कात्तिक २०, २०७४
यी चर्चित सेलिब्रेटी जसलाई सामाजिक सञ्जालले जिउँदैमा मार्‍यो !
आइतबारको रात ट्वीटरमा अभिनेत्री फरीदा जलालको मृत्यु भएको खबर ट्रेंंड हुन लाग्यो ।

आफ्नो मृत्युको खबरमा फरीदा जलाले एक अखबारलाई दिएको अन्तरवार्तामा भनिन्,‘पहिले त मलाई लाग्यो की यो मजाक हो, त्यसपछि मैले खासै वास्ता गरिन । तर मोबाइलमा लगातार बज्न लाग्यो, फोनमा सवैको प्रश्न मेजो मृत्यु बारेनै थियो ।‘ उनले भनिन्, ‘मैले आफू जिवित रहेको बताउदा बताउँदै हरानी बेहोरे ।’

अहिलेसम्म सम्झनामा आएको छैन की ६७ वर्षीय फरीदा जलालको मृत्युको खबर इन्टरनेटमा कहाँ बाट आयो ।
फरीदा जलालले यसपछि आफू जीवित रहेको सबूत ट्वीटरबाट दिइन् । यो फरीदाको ट्वीटरको पहिलो ट्वीट थियो ।

यो घटना पहिलो भने होइन् । भारतीय फिल्म उद्योगमा अन्य कलाकारको मृत्युको खबरसमेत सामाजिक सञ्जालमा बेलबखतमा आउने गरेको छ ।

अमिताभ बच्चन

अमिताभ बच्चन विरामी भएको वेलामा उनको मृत्युको समाचार आएको थियो । सामाजिक सञ्जालमा फैलिएको हल्लासँगै उनको एक, फिल्ममा शुट गरिएको मृत्युको एक्टीङको फोटोसमेत सार्वजनिक भएको थियो ।

हनी सिह

र्‍याप गायक हनी सिंह जब केही समय संगीतबाट टाढा भए तब अफवाह फैलन लाग्यो की हनी सिंहको निधन भएको समाचार एकाएक भाइरल बन्यो । हनी सिंहले मृत्युको कारण दुर्घटना बताइएको थियो । तर फेरी हनी सिंहले ट्वीटरमा लेखे यो अफवाह हो ।

यसैबीच दिलीप कुमार, लता मंगेशकर, आशा पारेख तथा माधुरी दीक्षितको मृत्युको अफवाह सामाजिक समाजिक सञ्जालमा भाइरल बनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्