१४ असार २०८३, आइतबार

हतियारसहित भारतीय नागरिक पक्राउ

हतियारसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- हतियारसहित प्रहरीले आज एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउपर्नेमा भारत पूर्वी चम्पारण जिल्ला मोतिहारीका रोशनकुमार कौरी रहेको छ । भारतबाट साइकल चढी नेपालतर्फ आइरहेको अवस्थामा शंका लागेर प्रहरीले चेकजाँच गर्दा उनलाई १२ बोरको एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने पाँच थान गोलीसहित पर्सा बिन्ध्यवासिनी गाउँपालिका–३ अमरपट्टिबाट पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताउनुभयो । 

यसैगरी प्रहरीले आजै मोतिहारी हरिसिद्धि गाउँ बस्ने सञ्जय सहनीलाई लागुऔषध गाँजासहित पक्राउ गरेको छ । पक्राउ परेको दुवै भारतीय नागरिकलाई थुनामा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्