काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलवार गूगलविरुद्ध गुनासो गरेका छन् ।
आफूविरुद्ध लेखिएको समाचारलाई मात्र गूगलले देखाउने र यसबाट आफ्नो छवि धमिल्याउने काम भइरहेको उनको गुनासो छ ।
ट्रम्पले ट्वीट गरे, ‘गूगल सर्च रिजल्टमा ट्रम्प न्युज खोज्दा खालि फेक न्युज मिडियाको समाचार र विचार मात्र देखाउँछ । अर्को शब्दमा भन्नुपर्दा उनीहरू म तथा अन्य व्यक्तिविरुद्ध चरम पक्षपाती छन्, त्यसैले लगभग सबै समाचार खराबै
छन् । झुटो सीएनएन यसमा अग्रणी छ । रिपब्लिकन अनुदारवादी र साँचो मिडियालाई ठाउँ दिइँदैन । गैरकानूनी ?’
Google search results for “Trump News” shows only the viewing/reporting of Fake News Media. In other words, they have it RIGGED, for me & others, so that almost all stories & news is BAD. Fake CNN is prominent. Republican/Conservative & Fair Media is shut out. Illegal? 96% of....
— Donald J. Trump (@realDonaldTrump) August 28, 2018
गूगल लगायतले अनुदारवादीको आवाज दबाइरहेको र राम्रो खबर पाठकसम्म पुग्न नदिएको पनि ट्रम्पले लेखे । हामीहरूले के पढ्ने, के लेख्नेमा पनि उनीहरू नियन्त्रण गर्छन् । यो खतरनाक स्थिति हो र यसमा केही गर्न आवश्यक छ ।
ट्रम्पले मिडिया तथा गूगलमाथि दिएको बयानको सामाजिक सञ्जालमा आलोचना भएको छ । अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरूले गूगलको सर्च इन्जिन धेरै कुरामा निर्भर रहने बताए ।
एजेन्सी