१२ असार २०८३, शुक्रबार

क्याबिनेटको तेस्रो बैठकअघि आयोगसँग प्रधानमन्त्रीको परामर्श, बैशाख ३१ मा चुनाव

कात्तिक २०, २०७४
क्याबिनेटको तेस्रो बैठकअघि आयोगसँग प्रधानमन्त्रीको परामर्श, बैशाख ३१ मा चुनाव
काठमाडौं, ९ फागुन – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचनको मिति घोषणाबारे परामर्श गरेका छन् ।prachanda_5
सोमबार क्याबिनेटको तेस्रो बैठक बस्नुअघि प्रधानमन्त्रीले आगोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलगायतका पदाधिकारीहरुसँग परामर्श गरेका हुन् ।
परामर्शका क्रममा आयोगले बैशाख ३१ गते निर्वाचन गर्ने गरी निर्णय गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।
प्रमसँगको छलफलपछि यादवले बैशाख ३१ गतेको लागि चुनावको मिति घोषणा गरिए निर्वाचन आयोगले सबै काम गर्न सक्ने बताए ।
आयोगसँगको परामर्शपछि अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । बैठकले निर्वाचनको मिति बैशाख ३१ कै आसपासमा घोषणा गर्ने बुझिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्