२६ असार २०८३, शुक्रबार

म्यानमारका राष्ट्रपतिको स्कर्टिङमा कुदिरहेको मोटरसाइकल दुर्घटनामा (भिडियोसहित)

म्यानमारका राष्ट्रपतिको स्कर्टिङमा कुदिरहेको मोटरसाइकल दुर्घटनामा (भिडियोसहित)

काठमाडौं–  बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका विदेशी सरकार प्रमुखको सवारीको ‘स्कर्टिङ’ मा रहेको एक मोटरसाइकल दुर्घटनामा परेको छ । 

म्यानमारका राष्ट्रपपित विन मिन्टको लुम्बिनी भ्रमणका लागि त्रिभुवन विमास्थल जाने क्रममा उनको सवारी सुरक्षामा रहेको नेपाल प्रहरी सवार एउटा मोटर साइकल दुर्घटनामा परेको हो । 

कालिमाटीमा रहेको होटल सोल्टीबाट विमानस्थल तर्फ जाँदै गर्दा कालिमाटी चोक पार गर्ने क्रममा स्कर्टिङको मोटरसाइकल दुर्घटनामा परहेको हो । तिव्र गतिमा रहेको सवारी चोक पार गर्ने क्रममा एक्कासी चिप्लिएर रेलिन नजिक रहेको अर्को सवारी नजिक पुगेको थियो ।

दुर्घटनामा प्रहरी हवल्दार दिनेश श्रेष्ठ घाइते भएको कालिमाटी प्रहरीले जनाएको छ ।

घाइतेको प्रहरी हवल्दार श्रेष्ठको अवस्था सामान्य रहेको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सायमी मानन्धरले सामाजिक सञ्जालमा पोस्ट गरेको उक्त भिडियो भाइरल बनेको छ । भिडियो राखिएको केही घन्टामा नै १ लाख २९ हजार भन्दा धेरैले भिडियो हेरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्