०३ असार २०८३, बुधबार

रातको समयमा बस त्रिशूलीमा खस्दा एक जना बेपत्ता

रातको समयमा बस त्रिशूलीमा खस्दा एक जना बेपत्ता
फाइल फोटो

धादिङ – त्रिशूली नदीमा गए राति बस खस्दा एक जनाको मृत्यु भएको छ । एक बेपत्ता भएका छन् । 

काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको बा४ख ७७८१ नं को ट्रक गजुरी गाउँपालिका–६ पोखरेखोलाबाट त्रिशूलीमा खस्दा गजुरी–६ का २२ वर्षीय केशर पुलामीको मृत्यु भएको छ ।

सोही ठाउँका २१ वर्षीय रामकृष्ण भुजेल नदीमा हराइरहेका छन् । 

भुजेलको खोजी भइरहेको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए । घाइते तीन जनालाई उपचारको लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्