०१ असार २०८३, सोमबार

एकाएक पौडेल र सिटौलाबीच फाटो, छ्ट्टै अभियानमा जुटे सिटौला

भदौ १४, २०७५
एकाएक पौडेल र सिटौलाबीच फाटो, छ्ट्टै अभियानमा जुटे सिटौला

काठमाडौँ - कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच अविश्वास बढेको छ । अविश्वासकै कारण सिटौलाले आफ्नो नेतृत्वको तेस्रो धारलाई क्रियाशील बनाउने अभियान थालेका छन् ।


अनुपम फुडल्यान्ड पार्टी प्यालेसमा बुधबार आफ्नो पक्षका नेता–कार्यकर्तालाई सहभागी गराएर सिटौलाले यस्तो संकेत दिएका हुन् ।

जीपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रद्वारा आयोजित ‘वर्तमान राजनीतिक परिस्थिति र लोकतन्त्रमाथिका चुनौती’ विषयक कार्यक्रममा सिटौला पक्षीय नेता–कार्यकर्ताको मात्रै उपस्थिति थियो । केन्द्रीय सदस्य गगन थापा, प्रदीप पौडेल, शिव हुमागाईंसहित आफू पक्षीय सांसद, जिल्ला कार्यसमिति सभापतिसहितका नेता–कार्यकर्तामाझ सिटौलाले तेस्रो समूह अब पार्टी सुधारका लागि केन्द्रित हुने उद्घोष गरे ।

केही महिनाअघि त्यही पार्टी प्यालेसमा पौडेल र सिटौलासहित दुवै पक्षका नेताले हात मिलाएर एक भएको सन्देश दिएका थिए । कार्यक्रममा दुवै पक्षका नेता उपस्थित हुन्थे । यी दुई नेताबीच अविश्वास बढ्न थालेपछि सिटौला अलग अस्तित्वका लागि आफ्नै समूहलाई अघि बढाउने अभियानमा क्रियाशील भएका हुन् । अाजकाे कान्तिपुर दैनिकमा विस्तृत खबर छापिएकाे छ ।

salt training

कमेन्ट गर्नुहोस्