काठमाडाैं -बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलनमा सहभागी हुन विदेशी पाउन आउने क्रम जारी छ । बिहीबार बिहान भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका राष्ट्रपति प्रयुत चा ओ चा काठमाडौं आइपुग्दै छन् ।
मोदी बिहान साढे आठ काठमाडौं ल्यान्डिङ् हुने छन् भने त्यसपछि वाजेद र चाओचा ल्यान्डिङ् हुने कार्यतालिका रहेको छ । विशिष्ठ पाउनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन घण्टा आन्तरिक र बाह्य उडान प्रभावित हुने भएको छ ।
बिहान ८ देखि झण्डै ११ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अरु उडान अवतरण अवरुद्ध हुने भएको हो । यस्तै सम्मेलन सकिएपछि शुक्रबार बेलुकातिर केही पाहुनाहरु फर्किने भएकाले त्यो बेला पनि अरु उडान प्रभावित हुनेछ ।