१८ असार २०८३, बिहीबार

संयुक्त सैन्य अभ्यासका विषयमा ट्रम्पले दिए यस्तो प्रतिक्रिया

संयुक्त सैन्य अभ्यासका विषयमा ट्रम्पले दिए यस्तो प्रतिक्रिया

काठमाडौं– दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास पुन थाल्ने विषयमा अमेरिकी अधिकारीहरूका फरकफरक धारणा बाहिर आएका छन् । 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास पुन थाल्नुपर्ने कुनै कारण आफूले नदेखेको बताएका छन् । यसअघि रक्षामन्त्री जेम्स म्याटिसले यो साताको शुरुमा संयुक्त सैन्य अभ्यास पुनः शुरु हुनसक्ने संकेत गरेका थिए ।

यसले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासका बारेमा अमेरिकी उच्चअधिकारीबीच नै समान धारणा नभएको देखाएको छ । उनले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासहरूमा पुन ठूलो लगानी गर्नुको कुनै तुक नरहेको पनि बताएका छन् । ट्रम्पको यो पछिल्लो घोषणाले पेन्टागनका उच्च अधिकारीहरूलाई अचम्मित पारेको छ ।

कोरियाली प्रायद्वीपमा हुने सैन्य अभ्यास उत्तर कोरियाका लागि लामो समयदेखि झिँझोको विषय बन्दै आएको छ । प्योङयाङको परमाणु कार्यक्रमबारे संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको वार्तामा गतिरोध आएको ठानिएको छ । तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने आफ्नो सम्बन्ध उत्तर कोरियाली नेता किम जङ अनसँग न्यानो नै रहेको भन्दै ट्वीट गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्