
काठमाडौं — फाइन्डर डट् कम डट् एयूले गरेको ताजा अनुसन्धानमा अस्ट्रेलियालीहरू नेपाल, लेबनन, क्रोएसिया र पाकिस्तानको भ्रमण गर्न रुचाउन थालेको देखाएको छ ।
बाली, इटली र अमेरिकामा अस्ट्रेलियाली पर्यटकहरू व्यापक मात्रामा जाने गरेको भएपनि नेपाल लगायतका पर्यटकीय गन्तव्यमा पनि उनीहरूको रुचि देखिएको हो ।
सन् २०१६ देखि २०१८ सम्मको तथ्यांक हेर्दा नेपाल आउने अस्ट्रेलियाली पर्यटकको संख्यामा ४७ प्रतिशतको वृद्धि आएको छ ।
अघिल्लो वर्ष लोन्ली प्लानेटले नेपाललाई उत्कृष्ट गन्तव्यका रूपमा वर्णन गरेपछि अस्ट्रेलियाली पर्यटकहरूमा नेपालप्रतिको आकर्षण बढेको पाइएको छ ।
फाइन्डर डट् कम डट् एयूका एंगस किडम्यानले भने, ‘रोमाञ्चक पर्यटकहरूका लागि सगरमाथा जानैपर्ने ठाउँको सूचीमा रहेको छ । त्यसैले नेपाल जाने पर्यटक बढेका हुन् ।’
न्युज डट् कम डट् एयूबाट