३० जेठ २०८३, शनिबार

काठमाडौंमा शुरू भयो बिमस्टेकको चौथो शिखर सम्मेलन [लाइभ]

काठमाडौं – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन राजधानीमा शुरू भएको छ ।

बिमस्टेक अध्यक्ष राष्ट्रको सरकार प्रमुखका हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीमा आयोजित विशेष समारोहको शुरूमा स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।

दुईदिने सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै शुक्रवार सम्पन्न हुनेछ ।

सम्मेलनमा प्रधानमन्त्री ओलीका अलावा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, म्यानमारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चानओचा सहभागी हुनुहुन्छ ।

सम्मेलनमा प्रधानमन्त्री ओलीपश्चात सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूले वर्णानुक्रमअनुसार सम्बोधन गर्ने कार्यतालिका छ ।

सम्मेलन समाप्तिसँगै बिमस्टेकको अध्यक्षता श्रीलंकाले गर्ने छ ।

हेर्नुस्, लाइभ :

salt training

कमेन्ट गर्नुहोस्