
काठमाडौ- नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा– प्रतिष्ठानले प्रतिष्ठित श्रेणीका ६० स्रष्टा कलाकारलाई परिचयपत्र वितरण गरेको छ ।
प्रतिष्ठानले यहाँ आज आयोजना गरेको समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको सङ्गीत तथा नाट्य विधामा अथक साधनामार्फत समाज र राष्ट्रमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै सम्बन्धित विधासँग सम्बन्धित अग्रज स्रष्टा कलाकारलाई परिचयपत्र वितरण गर्नुभयो ।
परिचयपत्र प्राप्त गर्नेमा प्राज्ञ आलोकश्री, भरत नेपाली, चेतनारायण राई, शकुन्तला प्रधान, हरिबहादुर थापा, शान्तिराम राई, यज्ञराज उपाध्याय, बाबा बस्नेत, वसन्तप्रसाद भट्टलगायत छन् ।