०४ असार २०८३, बिहीबार

विदेशमा बस्ने नेपालीले पनि संहिता पालन गर्नुपर्ने

भदौ १५, २०७५
विदेशमा बस्ने नेपालीले पनि संहिता पालन गर्नुपर्ने

काठमाडौँ- मुलुकी अपराध संहिता (ऐन)मा विदेशमा बस्ने नेपालीले पनि कानून उल्लङ्घन गरे कडा कारबाही हुने व्यवस्था गरिएको छ । मुलुकी ऐनलाई प्रतिस्थापन गरी कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा यस्तो व्यवस्था गरिएको हो ।
विदेशमा हुने नेपालीले नेपालीविरुद्ध नै कसूर गरेमा देशभित्रै कसूर गरेसरहको सजाय हुने व्यवस्था सो संहितामा गरिएको छ । मुलुकी अपराध संहितामा विदेशमा कुनै नेपालीको ज्यान लिने वा ज्यान लिने प्रयास गरेमा, असहाय व्यक्तिलाई परित्याग गरेमा तथा अङ्गभङ्ग हुने गरी कुनै काम गरेमा पनि कारबाही हुने छ । 
त्यसैगरी, विदेशमा बसेर नेपालीले नेपाली नागरिकलाई नै अपहरण, शरीर बन्धक वा गैरकानूनी थुनामा राख्ने, जबर्जस्ती करणी वा हाडनाता करणी गर्ने नेपालीलाई पनि नेपालमै कसूर गरेसरहको कारबाही हुनेछ ।  अाजकाे गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्