३१ जेठ २०८३, आइतबार

घरमा सुतिरहेकी बालिकाको सर्पदंशबाट मृत्यु

भदौ १५, २०७५
घरमा सुतिरहेकी बालिकाको सर्पदंशबाट मृत्यु

झापा- कचनकवल गाउँपालिका–२ मा सर्पदंशबाट बिहीबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल–२ का तीलबहादुर भट्टराईको १४ वर्षीया छोरी पूजा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । 

घरमा सुतिरहेका अवस्थामा बालिकालाई गोमन सर्पले डसेपछि उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । 
पूजा सोही स्थानको पथरिया मावि कक्षा–८ मा अध्ययरत विद्यार्थी हुन् । बालिकाको मृत्यु भएपछि गाउँलले हिजै घर छेउको जङ्गलमा रहेको उक्त सर्पलाई मारेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्