२५ जेठ २०८३, सोमबार

अतिविशिष्ट पाहुनालाई सोल्टी होटलमा ‘रिट्रीट’ [फोटो फिचर]

अतिविशिष्ट पाहुनालाई सोल्टी होटलमा ‘रिट्रीट’ [फोटो फिचर]

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका अतिविशिष्ट पाहुनालाई बिहानको खाजासहित स्वागत गर्नुभएको छ । 

काठमाडौंको सोल्टी होटलमा विशिष्ट पाहुनाका लागि ‘रिट्रीट’ आयोजना गरिएको हो । त्यस अवसरमा प्रधामनन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच संक्षिप्त भेटवार्ता भएको थियो । 

ओली र मोदीले सौहार्दपूर्ण वातावरणमा कुराकानी गरेको तश्वीरमा देख्न सकिन्छ । भारतीय प्रधानमन्त्री मोदी आजै स्वदेश फर्किने कार्यक्रम छ । त्यसअघि नेपाल र भारतबीच केही सम्झौताको तयारी भएको छ । 

तस्वीरहरू : परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीस कुमारको ट्वीटरबाट

salt training

कमेन्ट गर्नुहोस्