०५ साउन २०८३, मंगलबार

च्याम्पियन्स लीगको समूह चरण खेलतालिका सार्वजनिक, कुन क्लबको स्थिति कस्तो ?

च्याम्पियन्स लीगको समूह चरण खेलतालिका सार्वजनिक, कुन क्लबको स्थिति कस्तो ?

काठमाडौं — बिहीवार फ्रान्सको मोनाकोमा यूईएफए च्याम्पियन्स लीगको समूह चरणको खेलतालिका सार्वजनिक गरिएको छ । 

युरोपेली मुलुकका ३२ वटा क्लबलाई आठ समूहमा विभाजन गरिएको छ । 

समूह १
एट्लेटिको मड्रिड, बोरुसिया डोर्टमन्ड, मोनाको, क्लब ब्रुग


यो समूहका सबै क्लब च्याम्पियन्स लीगको फाइनलमा पुगिसकेका छन् तर कसैले पनि प्रतियोगिता जितेका छैनन् । डीएगो सिमिओनले एट्लेटिकोलाई ला लिगामा प्रतिस्पर्धी टोली बनाएका छन् अनि एन्टोइन ग्रीजम्यान क्लबमै बसेर तथा टमस लेमार आएर यो झन् बलियो भएको छ । च्याम्पियन्स लीगको फाइनल एट्लेटिकोकै गृहमैदान वान्डा मेट्रोपोलिटानोमा खेलिनेछ । 

डोर्टमन्डको कुरा गर्दा विगतका केही सीजन उसका लागि निराशाजनक रहे तर यस सीजनको पहिलो खेलमा उसले आरबी लीपजिगलाई ४–१ ले हराएपछि लुसिएन फाभ्रेको प्रशिक्षणमा क्लब प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । 

मोनाको च्याम्पियन्स लीगको सेमिफाइनलमा सन् २०१७ मा पुगेको थियो तर उसको भविष्य खासै गतिलो छैन किनकि उसका उत्कृष्ट खेलाडीलाई अरू क्लबले लगिदिएका छन् । लिग १ मा पनि उसले तीन खेलमा जम्मा चार अंक ल्याएको छ । 

क्लब ब्रुजले भने च्याम्पियन्स लीगको समूह चरणमा विगत १३ वर्षदेखि एक खेल पनि जितेको छैन । 

पूर्वानुमान : १) एट्लेटिको मड्रिड, २) बोरुसिया डोर्टमन्ड, ३) मोनाको, ४) क्लब ब्रुज

समूह २
बार्सिलोना, टोटनहम हट्सपर, पीएसभी आइन्डहोभन, इन्टरनाजियोनाल

टोटनहम अघिल्लो सीजनमा खतरनाक समूहमा परेको थियो र यसपालि पनि उसको समूह सजिलो छैन । अघिल्लो सीजनमा राउन्ड अफ १६ मा युभेन्टससँग किन हारियो भन्ने विषयमा क्लब अझै रनभुल्ल छ जबकि टीम आधी घन्टाबाहेक सबै समय खेलमा हावी रहेको थियो । त्यस अनुभवबाट सिकेर आफूलाई विकास गराउनु जरूरी छ । 

उता बार्सिलोना फूटबलमा एक किसिमको दर्शनमा आधारित रहेर खेल्ने गर्थ्यो तर अहिले क्लब ठूला खेलाडी किन्नमा मात्र केन्द्रित देखिन्छ । माल्कम र आर्टुरो भिडाललाई भित्र्याउँदैमा क्लब बलियो भइसकेको छैन ।
इन्टरनाजियोनालले नयाँ खेलाडीहरू भित्र्याएको छ भने पीएसभी चाहिँ मार्क भान बोम्मेल जस्ता अनुभवहीन प्रशिक्षकको प्रशिक्षणमा छ । 

पूर्वानुमान : १) बार्सिलोना, २) टोटनहम, ३) इन्टरनाजियोनाल, ४) पीएसभी

समूह ३
पीएसजी, नेपोली, लिभरपूल, रेड स्टार बेल्ग्रेड

यो सबभन्दा कठिन समूह मानिएको छ तर लिभरपूल समूह चरणबाट माथि उक्लिनुपर्ने हो । क्लब अघिल्लो सीजनभन्दा बलियो भएको देखिन्छ । एलिसनले यस सीजनमा विपक्षीलाई गोल गर्नै दिएका छैनन् अनि प्रशिक्षक युर्गेन क्लोपले मिडफील्ड पनि बलियो बनाएका छन् । 

पीएसजी चाहिँ धनी क्लब भइकन पनि खेलाडी व्यवस्थापनमा चुकिरहेको छ । नयाँ प्रशिक्षक टमस टुचेलले आफ्नो फूटबल दर्शन र नेयमारको स्वार्थी प्रवृत्ति बीचको द्वन्द्वलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । 
कार्लो एन्सेलोत्तीले नेपोलीलाई यो सीजनमा लगातार दुईवटा विजय दिलाएका छन् । चेल्सीले मिडफील्डर जोर्गिन्हो लगिदिएपनि नेपोली खतरनाक टीम हो । 

रेड स्टार बेल्ग्रेड सन् १९९१ म युरोपीयन कप विजेता हो र उक्त क्लबले रेड बुल साल्जबर्गलाई अवे गोलमा हराएर समूह चरणमा स्थान बनाएको हो । 

पूर्वानुमान : १) पीएसजी, २) लिभरपूल, ३) नेपोली, ४) रेड स्टार

समूह ४
लोकोमोटिभ मस्को, पोर्टो, शाल्के, गालातासारे

यो उत्साहजनक रूपमा समान स्तरका क्लबको समूह हो । यो नै सबभन्दा कमजोर समूह भन्न सकिन्छ । लोकोमोटिभले रुसी प्रेमियर लीग जितेको छ । त्यहाँ इगोर डेनिसोभ र ग्रेगोर्ज क्रीचोवियाकले मिडफील्डलाई बलियो बनाएका छन् । तर लोकोमोटिभलाई विपक्षीका रूपमा सबैले चाहना गरेका छन् । 

पोर्टोमा खेलाडी आउने जाने क्रम तीव्र छ तर उनीहरू खेलाडी व्यवस्थापनमा दक्ष छन् । लीगको पहिलो दुई खेलमा पाँच गोल खानुले चाहिँ उनको कमजोरी देखाइदिएको छ । 

शाल्के चाहिँ बुन्डेसलिगाका अन्य क्लब जस्तै च्याम्पियन्स लीगमा छनोट चाहिँ हुने तर राम्रो प्रदर्शन गर्न नसक्ने समस्याले ग्रस्त छ । अनि राम्रा खेलाडी लीयोन गोरेज्का पनि टीममा छैनन् । 

यो समूहमा टर्कीको लीग च्याम्पियन गालातासारे पनि छ । 

पूर्वानुमान : १) पोर्टो, २) लोकोमोटिभ, ३) गालातासारे, ४) शाल्के 

अन्य चार समूहको विश्लेषण पछि प्रकाशित गरिनेछ ।

द गार्डियन पत्रिकामा प्रकाशित जोनाथन विल्सनको विश्लेषण
 

salt training

कमेन्ट गर्नुहोस्