काठमाडौं — फेशन मार्केट र इन्टरनेटको दुनियाँमा पाँच वर्षे एक बालिकाले सनसनी मच्चाएकी छन् ।
इजरायलको तेल अभिभमा जन्मेकी मिया अफलालोको तस्वीर बेलायतको लोकप्रिय फेशन पत्रिका भागको वेबसाइटमा पनि देखिएको छ ।
इन्टरनेटमा मानिसहरू मियाको सुन्दरताको प्रशंसा गरिरहेका छन् । केही भने मियाका आमाबुवासँग रिसाएका छन् ।
मियाको आँखा र कपालमा सबैको आकर्षण छ ।
उनको इन्स्टाग्राम पेजमा मोडलिङका टन्नै तस्वीर भेटिएका छन् । उनले व्यावसायिक मोडललाई समेत चुनौती दिने औकात राखेको देखिन्छ ।
यी नानीको कपाल सजाउनका लागि एक हेयर स्टाइलिस्ट पनि राखिएको छ । उनको नाम सगी दहारी हो ।
सगीले नै मियाको तुलना जेनिफर लोपेजसँग गरेकी छन् ।
इन्स्टाग्राममा मियाका ५० हजारभन्दा बढी फलोअर्स छन् ।
मानिसहरूलाई मियाको लूक एकदमै मन प–यो ।
तर केही मानिसले बच्चीमाथि यस्तो परीक्षण गरेको भन्दै मियाका आमाबुवाको आलोचना गरेका छन् ।
एजेन्सी