०६ असार २०८३, शनिबार

स्व रिमालको पशुपति आर्यघाटमा अन्त्येष्टि, प्रहरीको शोक सलामी

स्व रिमालको पशुपति आर्यघाटमा अन्त्येष्टि, प्रहरीको शोक सलामी

काठमाडौँ- वरिष्ठ कलाकार स्व हरिप्रसाद रिमालको आज अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कलाकार रिमालको पार्थिव शरीरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको झण्डा ओढाएका थिए । 

स्व रिमाललाई उनका ज्येष्ठ सुपुत्र अरुणले दागबत्ती दिएको चलचित्र निर्देशक तथा अभिनेता सम्राट सापकोटाले बताए । अन्त्येष्टिका क्रममा पशुपति आर्यघाटमा पुराना तथा नयाँ पुस्ताका कलाकार, सङ्गीतकर्मी, चलचित्रकर्मीको बाक्लो उपस्थिति थियो । 

स्व रिमालको सम्मानमा नेपाल प्रहरीको एक टुकडीले शोक सलामी अर्पण गरेको थियो । रिमालको ९२ वर्षको उमेरमा आज बिहान उनकै निवासमा निधन भएको हो । रिमालको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि मध्याह्नसम्म नयाँ बानेश्वरस्थित निवासमा राखिएको थियो । 

नाटककार बालकृष्ण समको ‘मुकुन्द इन्दिरा’मा १४ वर्षको उमेरमा अभिनय शुरु गरेका रिमालले चलचित्र ‘आमा’बाट नेपाली चलचित्रमा अभियान यात्रा शुरु गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्