
काठमाडौँ– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी भएर म्यान्माका राष्ट्रपति विन मिन्त आज अपराह्न स्वदेश फर्किएका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाइ गरे ।
यस्तै थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा पनि स्वदेश फर्किएका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बिदाइ गरे ।
यस्तै भारत र बंगलादेशका प्रधानमन्त्री पनि आजै स्वदेश फर्किएका छन् ।