२१ जेठ २०८३, बिहीबार

सरकारको नीतिले लण्डनमा घरविहिन बढे

भदौ १५, २०७५
सरकारको नीतिले लण्डनमा घरविहिन बढे

लण्डन- बेलायतको लण्डनका मेयर सद्धिक खानले केन्द्रीय सरकारको नीतिका कारण लण्डनमा घरबारविहिनहरू बढेको बताउनुभएको छ । 
प्रधानमन्त्री टरिजा मेको समाज सुधार अभियानका कारण राजधानीबासी नै घरबार विहिन हुनु परेको मेयर खानले शुक्रबार आरोप लगाउनुभयो । 
घरबार विहिन भएकाहरुलाई सरकारले तत्काल पर्याप्त सहयोग गरी व्यवस्थापन गर्नु पर्नेमा समेत उहाँले जोड दिनुभएको छ । यसलाई गम्भीरतापूर्वक लिएर समस्या समाधान गर्न पनि उहाँले आह्वान गर्नु भएको छ । 
यस कार्यक्रमका कारण झण्डै एक लाख ३५ हजार लण्डनवासी लभान्वीत भएको दावी गरिएपनि अरु धेरै बासिन्दालाई यसले सन्तुष्ट बनाउन नसकेको टिप्पणी भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्