२२ जेठ २०८३, शुक्रबार

दीपकराज जोशीले छाडे बालुवाटार

भदौ १६, २०७५
दीपकराज जोशीले छाडे बालुवाटार

काठमाडौं – सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले बिहीबार साँझबाट बालुवाटार छाडेका छन् ।  संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि उनी २० साउनदेखि बिदामा छन् ।

५ चैतदेखि प्रधानन्यायाधीशनिवास बालुवाटार बस्न थालेका जोशी बिहीबार धुम्बाराही स्थित आफ्नै निवास सरेका हुन् । १ चैतमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमनपछि कामु प्रधानन्यायाधीशको हैसियतमा जोशी बालुवाटार सरेका थिए । आजको नयाँ पत्रिकामा खबर छापिएको  छ ।

salt training

कमेन्ट गर्नुहोस्