०५ असार २०८३, शुक्रबार

ओलीले दिए मोदीलाई लुम्बिनी भ्रमणको निम्तो, फेरि कहिले आउँदै छन् नेपाल ?

ओलीले दिए मोदीलाई लुम्बिनी भ्रमणको निम्तो, फेरि कहिले आउँदै छन् नेपाल ?

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणको निम्तो दिनु भएको छ । नेपाल–भारतमैत्री पशुपतिनाथ धर्मशालाको उद्घाटन कार्यक्रममा शुक्रबार प्रधानन्त्री ओलीले यस्तो निम्तो दिनु भएको हो । 

प्रधानमन्त्री मोदीको अघिल्लो पटक जनकपुर र मुक्तिनाथ मन्दिरको भ्रमणले नेपालको पर्यटनमा उल्लेख्य योगदान पुगेको उल्लेख गर्दै ओलीले भन्नुभयो, “तपाईंको लुम्बिनी भ्रमणले बुद्धको जन्मस्थल, बुद्ध धर्मको महत्व र लुम्बिनीलाई बुद्धदर्शनको मुहानका रुपमा विश्वव्यापीरुपमा चिनाउन थप मद्दत मिल्नेछ ।” 

मोदी प्रधानमन्त्री भएपछि चौथो पटक नेपाल भ्रमण गर्नुभएकामा प्रधानमन्त्री ओलीले प्रशंसा गर्दै यसबाट आपसी आत्मीय सम्बन्ध अझ मजबुत हँुुदै गएको बताउँदै आफू पनि दुई पटक औपचारिक भ्रमणमा भारत गएको स्मरण गर्नुभयो । यसअघिका भ्रमणमा मोदीले उठाएका आपसी सहयोग र सद्भावका कुरा क्रमशः व्यवहारमा देखिएकामा नेपाल प्रशन्न भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “यसअघिका भ्रमणमा देखाउनुभएको सद्भाव र मित्रता अहिले प्रकट भइरहेको महशुस गरेका छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । 

सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले धर्मशाला दुई देशका जनता जनताबीच सम्बन्ध बढाउने माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो । “विश्वमा शिवभक्त जीवनमा एक पटक पशुपतिनाथको दर्शन गर्न चाहन्छन्, मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर र लुम्बिनीले नेपालको विविधतामा एकता ल्याई प्रतिनिधित्व गर्छ, धर्मशालाले धार्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्नेछ”, उहाँले भन्नुभयो । 
 

salt training

कमेन्ट गर्नुहोस्