१८ असार २०८३, बिहीबार

कञ्चनपुर प्रकरण : १६ वर्षीय किशोरी 'वलात्कारी' पक्राउ

कञ्चनपुर प्रकरण : १६ वर्षीय किशोरी 'वलात्कारी' पक्राउ

कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाँउपालिका–१ का अन्दाजी १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका मानबहादुर विष्ट रहेका छन् । 

पक्राउ परेका विष्टलाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए । 

गत बिहीबार राति २ बजे किशोरीको घरमा पूजापाठ भइरहेका बेला मोटरसाइकलमा आएका दुई जनाले उनलाई सडकमा बोलाई लगेका थिए । 

शुक्रबार किशोरीलाई जवदिया भन्ने स्थानबाट प्रहरीले उद्धार गरेको थियो । बलात्कारमा संलग्न अर्का एक जनाको प्रहरीले खोजी गरिरहेको छ । 
किशोरीको स्वास्थ्य परीक्षणलगायतका कार्य सम्पन्न गरी अनुसन्धानको कार्य जारी रहेको बताइएको छ । प्रहरी जिल्लाकै अर्की किशाेरी निर्मला पन्तकाे बलात्कार हत्या प्रकरणमा भने अझै अनुसन्धानकाे क्रममा रहेकाे छ ।
 

salt training

कमेन्ट गर्नुहोस्