१५ असार २०८३, सोमबार

बसमा आक्रमण भुलबस भएको स्वीकार

भदौ १६, २०७५
बसमा आक्रमण भुलबस भएको स्वीकार

रियाद- साउदी नेतृत्वको सैनिक गठबन्धनले बालबालिका रहेको बसमा भएको आक्रमण ‘गलत’ भएको शनिबार जनाएको छ । 

यमनमा सन २०१५ देखि तैनाद गठबन्धन सेनाबाट अगस्टमा भएको उक्त आक्रमणमा ४० जना बालबालिकासहित ५१ जनाको मृत्यु भएको थियो । जसको विश्वभर आलोचना भएपछि गठबन्धनले अनुसन्धान शुरु गरेको थियो । 
गठबन्धनबाट गरिएको छानविनमा उक्त घटनामा कमजोरी भएको पाइएको जनाएको छ । एक अधिकारीले भने, “व्यस्त बजारमा गुडिरहेको बसमा हवाई आक्रमण हुनु ‘गलत’ भएको जनाउँदै यसमा सम्लग्न दोषीलाई कानूनी दायरामा ल्याइने छ ।” 

salt training

कमेन्ट गर्नुहोस्