३१ असार २०८३, बुधबार

डियोड्रेन्ट लगाउने गर्नुभएको छ ? सावधान हुनुस् !

कात्तिक २०, २०७४
डियोड्रेन्ट लगाउने गर्नुभएको छ ? सावधान हुनुस् !
काठमाडौं, १० फागुन — शरीरबाट आउने पसिनाको दुर्गन्धले जसलाई पनि हैरान गर्छ । त्यसैले यस्तो दुर्गन्ध कम आओस् भनी सबैजना प्रयत्न गर्छन् ।


आजकल गन्ध हटाउनका लागि डियोड्रेन्ट लगाउने चलन बढ्दै गएको छ । यो त एक स्टाइल स्टेटमेन्ट नै बन्दै गइरहेको छ ।

तर डियोड्रेन्टले शरीरलाई सुगन्धित बनाएपनि धेरैथरी रोगहरू पनि निम्त्याउँछ । आउनुस् जानौं के हुन् यसले गर्ने नोक्सानीहरू ।

१ साससम्बन्धी समस्या
श्वासप्रश्वासमा समस्या भएका मानिसले डियोड्रेन्टको कहिल्यै पनि प्रयोग गर्नु हुँदैन । दमको रोगी वरिपरि छन् भने झुक्केर पनि डियोड्रेन्ट नछर्किनुहोला ।

२ क्यान्सर
डियोड्रेन्टको प्रयोगले स्तन क्यान्सरको खतरा बढाउँछ । यो प्रायः काखीमुनि छर्किइन्छ र यसले स्तनमा असर पु–याउँछ । यसको अधिक प्रयोगले छालाको क्यान्सर पनि गराउँछ । छालाको पसिना आउने छिद्रलाई यसले रोकिदिने भएकाले क्यान्सरको सम्भावना बढेर जान्छ ।

३ अल्जाइमर
डियोड्रेन्टमा भएको एल्युमिनमको अंशका कारण अल्जाइमरको सम्भावना हुन्छ ।

४ छालामा घाउ
डियोड्रेन्टमा विद्यमान रसायनहरूका कारण छालाका अनेकथरी रोग लाग्न सक्छन् । यसले हर्मोनको सन्तुलनलाई पनि बिगारिदिन्छ । यसमा भएको एथ्नलले छालालाई सुक्खा बनाउँछ । लगातार प्रयोग गर्दा यसले छालामा घाउ बनाइदिन्छ ।

५ पसिना आउन बन्द
डियोड्रेन्टले पसिना निस्कन दिँदैन । यसले ब्याक्टेरिया नष्ट गर्नुभन्दा पनि त्यसलाई दबाइदिन्छ । अनि त्यसबाट अनेकथरी रोग जन्मिन्छ ।

पञ्जाब केशरीबाट

salt training

कमेन्ट गर्नुहोस्