१२ असार २०८३, शुक्रबार

निजी काममा विदेश जाँदासमेत रातो पासपोर्ट प्रयोग गर्न पाउने गरी कानुन बनाउन चलखेल

भदौ १७, २०७५
निजी काममा विदेश जाँदासमेत रातो पासपोर्ट प्रयोग गर्न पाउने गरी कानुन बनाउन चलखेल

काठमाडौं–सांसदले निजी काममा विदेश जाँदासमेत कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्न पाउने गरी कानुन बनाउन चलखेल थालेका छन् ।  आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

यसका लागि उनीहरूले राहदानीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक आफूअनुकूल फेर्न संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संघीय संसदका सांसदले सरकारी काममा विदेश जाँदा मात्रै रातो पासपोर्ट प्रयोग गर्न पाउने प्रावधान छ 

सांसदले निजी प्रयोजनले विदेश जाँदासमेत रातो पासपोर्ट प्रयोग गर्न पाउने गरी संशोधन प्रस्ताव हालेका छन् ।

सांसदहरूले राहदानीसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा परिचयपत्र पेस गरेको आधारमा रातो पासपोर्ट पाउनुपर्ने र व्यक्तिगत काममा विदेश जाँदा पनि त्यसलाई प्रयोग गर्न पाउनुपर्ने माग गरेका छन् । केही सांसदले भने संघीय सांसदलाई रातो पासपोर्ट र प्रयोगसम्बन्धमा छुट्टै कार्यविधि बनाउनुपर्ने व्यवस्था राख्न संशोधन हालेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्