काठमाडौं — अमेरिकाका दिवंगत सिनेटर तथा भियतनाम युद्धका नायक जोन मक्केनकी छोरी मेघनले शनिवार आफ्ना पिताको स्मरण सभामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आलोचना गरेकी छन् ।
समाचार संस्था एपीका अनुसार, उनले आफ्नो पिताको प्रशंसाका क्रममा ट्रम्पको आलोचना गरिन् । मेघनले भनिन्, ‘हामी यहाँ एक महान् अमेरिकी व्यक्तित्वको मृत्युको शोक मनाउन भेला भएका छौं । उहाँले गर्नुभएको बलिदानको
नजिक झुटो कुरा गर्नेहरू पुग्नै सक्दैनन् । पिताले सबै कुरा इच्छामुताबिक गर्नुभयो । अवसरवादीहरू आफ्नो आरामको हिसाबमा जीवन बाँच्छन् भने मेरा पिताले धेरै कुरा सहनुभयो र देशसेवा गर्नुभयो ।’
मेघनले ट्रम्पको नाम नलिइकनै यसरी आलोचना गरिन् । मक्केनको निधनमा राजकीय सम्मान दिनका लागि घोषणामा ढिलाइ गरेको भन्दै ट्रम्पको चौतर्फी आलोचना भएको थियो ।
एजेन्सी