२३ असार २०८३, मंगलबार

एउटा मानिसको शरीर भरि ट्युमरै ट्युमर, उपचार नगरे आँखाको ज्योति गुम्‍ने खतरा

कात्तिक २०, २०७४
एउटा मानिसको  शरीर भरि ट्युमरै ट्युमर, उपचार नगरे आँखाको ज्योति गुम्‍ने खतरा
एजेन्सी: खानपान र व्यायाममा ध्यान दिने मानिसहरु एक न एक दिन रोगको सिकार अवश्‍य हुन्छ। तर कुनै मानिस यस्तो विरामीले ग्रस्त हुन्छन् जुन कहिल्‍यै निको हुँदैन।

उनलाई आफ्नै शरीर भद्दा र कुरुप महसुस हुन थाल्दछ। एउटा यस्तै व्यक्ति जसको शरीर भरी ट्युमरै ट्युमर छ। उनको शरीरमा यति धेरै ट्युमर छ की उसको स्वयम आफ्नै छोराले बाबुलाई हेरेर भाग्‍ने गर्छन्।
बंगलादेशी नागरिक शादोत होसैन यस्तो समस्या भोगिरहेका छन्। उनको शरीरमा पुरै ट्युमरले ढाकिएको छ। ट्युमरको कारण उसलाई धेरै पीडा पनि हुने गरेको छ। यसका साथै उसले यही ट्युमरको कारण राम्ररी खाना खान पाउँदैनन्। यदि खाना खान खाए पनि धेरै मात्रामा चामल खाइदिन्छन्। उसको ट्यूमरका कारण उसको आखाँको ज्योति समेत राम्रोसँग हेर्न पाउँदैनन्।

शादोतको १२ वर्षीय छोरा छ। तर छोरा आफ्नो बुवाको नजिकमा कहिल्‍यै बसेका छैनन्। किनकी उसलाई बाबुको शरीरमा आएको ट्युमरसँग ऊ राक्षस आएको जस्तो अनुभव गर्छन्।

उसलाई चेकअप गर्ने चिकित्सकका अनुसार यदि शादोतको यो विरामी चाडै उपचार नगरिए आखाको ज्योति गुम्‍ने खतरा छ। तर उसलाई ट्युमरको उपचार गर्ने पर्याप्त रकम भने अभाव छ। उनले यही बिरामीका कारण आफूले गर्दै आएको मजदुरी पेशा पनि छोड्‍नु पर्‍यो।
यसअघि उनी एउटा साधारण व्यक्ति जस्तै जीवन चलाउँदै आएका थिए भने उसको तीन बच्चा भइसकेका थिए। यसपछि उसले यो ट्यूमरको समस्या करीब ५ वर्षदेखि भोग्दै आएका छन्।

शादोतको उपचारको लागि उसको क्षेत्रमा एउटा उदार हृदय भएका मोहम्मद मामून नामका व्यक्ति आएर सहयोग गरिरहेका छन्। उनको उपचारको लागि मोहम्मदले चन्दा संकलन कार्य गरिरहेका छन्।

salt training

कमेन्ट गर्नुहोस्