१४ असार २०८३, आइतबार

‘मुख्यमन्त्रीले खोक्ने मात्रै काम गरे’

भदौ १७, २०७५
‘मुख्यमन्त्रीले खोक्ने मात्रै काम गरे’

धनगढी – ७ नम्बर प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. रणबहादुर रावलले मुख्यमन्त्री त्रिलोचन भट्टले बिना योजना खोक्ने (बोल्ने) काम मात्रै गरेको आरोप लगाएका छन् ।

वित्तीय संस्था कर्मचारी संघले आइतवार आयोजना प्रदेश स्तरीय अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले यस्तो आरोप लगाएका हुन् । ‘सरकारका मन्त्रीहरूको बोलीमा कुनै ठेगान छैन,’ नेता रावलले भने, ‘शुरूमै कसैले पनि भारतमा गएर चौकीदारी गर्नु पर्दैन भन्ने मुख्यमन्त्रीले यस प्रदेशमा रोजगारी दिनका लागि के गरे ? अहिले पनि भारतमा चौकीदारीका लागि यस प्रदेशबाट दिनहुँ युवाहरू जाने गरेका छन् ।’

प्रदेश सरकारले बजेट ल्याएको एक महिना बित्दा समेत कार्यक्रम बनाउन सकेको आरोप नेता रावलको छ । कम्यूनिस्ट सरकार शुरूमै असफलताको बाटोमा गइरहेको औल्याउँदै उनले वर्तमान सरकारले नेपाली कांग्रेसप्रति विचार राख्ने ट्रेड युनियनका व्यक्तिहरूलाई छानीछानी दुःख दिन थालेको समेत आरोप लगाए ।

नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले अन्य ट्रेड युनियनभन्दा नेपाली कांग्रेसका शुभेच्छुकहरू फरक देखिनुपर्ने बताए । वित्तीय संस्था कर्मचारी संघका केन्द्रीय अध्यक्ष पदमराज रेग्मीले नेपाली कांग्रेसले आफ्ना व्यक्तिलाई संरक्षण गर्न नसकेको गुनासो गरे ।

salt training

कमेन्ट गर्नुहोस्