११ असार २०८३, बिहीबार

धर्नामा मन्त्री, फकाउन पुगे सिडिओ

भदौ १८, २०७५
धर्नामा मन्त्री, फकाउन पुगे सिडिओ

प्रदेश २ सरकारले आइतबार  श्रीकष्ण जन्माष्टमीको दिन दिएको सार्वजनिक बिदा संघीय सरकार मातहतका सरकारी कार्यालयले अवज्ञा गरेको भन्दै आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र कुमार यादव धर्ना बसे ।
उनको धर्ना तोडाउन धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने धर्नास्थल नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय पुगेका थिए । प्रदेश सरकारले बिदा दिएपनि संघीय सरकार मातहतका नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय जनकपुर धाम र जिल्ला प्रशासन कार्यालय खुल्ला दिए । सो कार्यालय बन्द गर्न पुगेका संघीय समाजवादी फोरमका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि मन्त्री आफैं अनसन बस्न पुगेका थिए । मन्त्री धर्नामा बसेको केही समयमै प्रजिअ सम्झाउन पुगेका थिए । नयाँ पत्रिका दैनिकले खबर छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्