१८ असार २०८३, बिहीबार

नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’

भदौ १८, २०७५
नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’

काठमाडौं -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो कमिटी एकतामा देखिएको बिवादका कारण पार्टीको बैठक अनिश्चित बनेको छ ।

प्रदेश, जिल्ला, जनसंगठनहरुको एकताका लागि गठन भएको कार्यदलले दिएको प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ देखिएकाले सो समस्या समाधानका लागि आन्तरिक गृहकार्यको अभाव भएपछि बैठक स्थिगित भएको छ ।

नेकपा स्थायी कमिटीका सदस्य अष्टलक्ष्मी शाक्यले स्थायी कमिटीको बैठक स्थगित भएको बताईन् । स्थगित बैठक कहिले हुने भन्ने जानकारी नपाएको उनले बताईन् । १९ र २० भदौका लागि बैठक निर्धारित गरिएको थियो । यस अघि ८ र ९ भदौमा स्थायी कमिटीको बैठक बस्ने तय गरिए पनि बैठक बस्नु अघि मिति सारिएको थियो । राजधानी दैनिकमा विस्तृतमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्