गुल्मी, २९ मंसिर– सरकारले प्रस्ताव गरेको संविधान संशोधनमा पाँच नम्बर प्रदेश टुक्र्याएको विरोधमा अर्घाखाँची, गुल्मी लगायतका जिल्लामा प्रदर्शन जारी छ ।

आज १५ औं दिन पनि अनिश्चितकालीन बन्दले निरन्तरता पाउँदा जनजीवन कष्ठकर बनेको छ । उद्योग, व्यवसायहरु बन्दरहेका छन् । गुल्मी, अर्घाखाँची लगायतका जिल्लाबाट लामो दूरीका सवारी चल्न सकेका छैनन् ।
सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी के्रन्द्रसहित प्रमुख प्रतिपक्षी नेकपा एमालेका स्थानीय नेता कार्यकर्ता विराधमा उत्रिएका छन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा आन्दोलनकारी बसेपछि जिल्लाका सरकारी कार्यलयसमेत प्रभावित भएका छन् ।